आइतबार, ०५ अप्रिल २०२६

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

News Image
• • •

काठमाडौं महानगरपालिका–१२ स्थित भोटेबहालमा बसको ठक्करबाट दुईजना पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिसकुमार कुसवाह छन्। उनीहरू टेकु बस्दै आएका थिए।

कालिमाटीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसले शुक्रबार साँझ उनीहरूलाई ठक्कर दिएको थियो। गम्भीर घाइते उनीहरूको ट्रमा सेन्टरमा उपचारका क्रममा गएराति मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

बस चालक दोलखा घर भएर कपन बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले पक्राउ परेका छन्।

प्रहरी वृत्त कालिमाटीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!