आइतबार, ०५ अप्रिल २०२६

इनिशा विक हत्या प्रकरणः दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

News Image
• • •

सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।

लामगादे पौडेल वंश समाज केन्द्रीय समिति, नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति लगायत विभिन्न नागरिक समाजका अगुवाहरूको सहभागितामा बृहत् धर्ना कार्यक्रम गरिएको हो। प्रदर्शनकारीहरूले दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

विरोध कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले राज्यले यस्ता घटना दोहोरिन नदिन प्रभावकारी रूपमा काम गर्नुपर्ने बताएका छन्।

उनले भने, ‘भोलिको दिनमा यो खालको मुद्धा लिएर सडकमा आउन नपर्ने गरी अव राज्य सक्षम हुनुपर्छ। हामी हिजो पनि यही विषयमा सडकमा ४५ दिनसम्म आन्दोलनमा थियौं। भोलिको दिनमा पनि यस्तो खालको आन्दोलन गर्न नपर्नेगरी सरकारले काम गर्न पर्नेछ। भोलि बन्ने सरकारको सदस्यको नाताले हिजो सडकमा र अब सदनमा यो मुद्धा उठाइनेछ। सधैं यो समुदायले घृणा र पीडा सहन सक्दैन।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!