चर्को विवादपछि सरकारले गुठी विधेयक फिर्ता लियो

मन्त्री पद्मा अर्याल

काठमाडौं ।

चर्को विवादपछि सरकारले गुठी विधेयक फिर्ता लिने घोषणा गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मंगलबार पत्रकार सम्मेलन गरेर सरकारले ल्याएको गुठी विधेयक फिर्ता लिएको जानकारी गराइन्।

विधेयकलाई लिएर नागरिकमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई विथोल्ने कोशिश भएकाले विधेयक फिर्ता लिने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिइन्।

यसअघि सरकारले नेपालको संविधानको धारा २९० अनुसार गुठीको मूलभूत मान्यता अनुरुप राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गर्न भन्दै सरकारले वैशाख १६ गते राष्ट्रियसभामा विधेयक पेस गरेको थियो।

धर्म संस्कृति परम्परा, सम्पदा नास हुने भन्दै विधेयकको विरुद्धमा उपत्यकाका नेवार समुदाय आन्दोलित भएका थिए। उनीहरूलाई विभिन्न दल तथा स्थानीय समुदायले साथ दिएका थिए।

प्रकाशित मिति: : 2019-06-18 17:20:54

प्रतिकृया दिनुहोस्