प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयमा समस्या

तस्बिरः बिएल

सरकारले भव्य कार्यक्रम बीच प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारीको विषयमा आलोचना भएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा भए पनि कार्यान्वयमा ल्याउने स्थानीय तहले कार्यविधी मिचेर काम गरेको भन्दै प्रभाकारीतामाथि आलोचना भएको हो।

भक्तपुरको सुर्यविनायक नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यान्वयमा ल्याएको भए पनि यसलाई प्रभावकारी बनाउन सकिरहेको छैन।

पाल्पाको बगनासकाली गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि यसवर्ष बजेट बिनियोजन भइसकेकाले कार्यक्रममा सहभागी भएकालाई बाँदर लखेट्ने काम लगाउने योजना रहेको गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले बताए।

प्रधानमन्त्री रोजगार कार्यक्रमको आयोजना छनोट गर्दा स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रममा उल्लेख भएका आयोजनाको सूचीबाट छनोट गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ । स्थानीय तहले मापदण्डको बेवास्ता गर्दै जथाभावी काम गरेका सुरु गरेको गुनासो आउन थालेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रमुख प्रकाश दाहाल भने आवश्यक तयारीको कमी र बजेट ढिलो पुग्दा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकेको बताउँछन्।

सरकारले हतार गर्नुपर्ने बाध्यता भएको र आगामी आर्थिक वर्षमा व्यवस्थित गरिँदै जाने बताइरहेको छ। कुनै विकल्प नभए वडाले सिफारिस गरेका आयोजनामा पनि काम हुनुपर्ने व्यवस्था छ । सुरुवात जसरी भए पनि अनुगमनमा विशेष ध्यान दिनुपर्छ  श्रम विज्ञ डाक्टर गणेश गुरुङको भनाई छ।

कार्यविधिमा रोजगार आयोजना सञ्चालन गर्नुअघि सम्बन्धित स्थानीय तहबाट प्राविधिक कर्मचारी खटाई आयोजनाको प्राविधिक प्रतिवेदन तयार गर्ने र त्यसैका आधारमा लागत अनुमान फार भरी गाउँपालिका वा नगरपालिकामा पेस गर्नुपर्ने पनि कार्यविधिमा भनिएको छ । तर कार्यक्रमको सुरुवात गर्दा यसतर्फ ध्यान दिने गरिएको छैन ।

प्रकाशित मिति: : 2019-06-12 11:57:10

प्रतिकृया दिनुहोस्