भुटान नरेशद्धारा भारतीय प्रधानमन्त्रीलाई अग्रिम बधाई

AFP

सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) बहुमतसहित पुनः सरकार बनाउने स्थितिमा पुगेपछि भुटान नरेश जिग्मे केशर नामग्याल वाङचुकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अग्रिम बधाई दिएका छन्।

७ चरणमा भएको निर्वाचनको मतगणना विहिबार हुँदैछ। प्रारम्भिक आँकडा अनुसार बिजेपी र उसको सहयोगी पार्टी (एनडिए) ले साढे ३ सयभन्दा बढी सिट जित्ने अनुमान गरिएको छ।

सन् २०१४ को निर्वाचनभन्दा यसपालि एनडिएले राम्रो प्रदर्शन गरेको छ। भारतमा करिब डेढ महिना लगाएर ५ सय ५२ स्थानका लागि निर्वाचन भएको थियो।
निर्वाचनको प्रारम्भिक नतिजा अनुसार दोस्रो कार्यकालका लागि मोदी प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ।

प्रकाशित मिति: : 2019-05-23 17:05:43

प्रतिकृया दिनुहोस्