नीता अम्बानीलाई अहिले कुनैपनि पहिचानको जरुरी छैन। उनलाई नचिन्ने सायदै छन्। उनी समाजसेवीका साथै विभिन्न संस्थाहरूमा दान पनि दिने गरेकी छन्। त्यसैले पनि उनी चर्चित छिन्।
सन् १९८५ सालमा उनले मुकेश अम्बानीसँग विवाह गरेकी थिइन्। तर त्योबेला र अहिले उनीहरूको जीवनमा धेरै परिवर्तन भएको छ।
नीता र मुकेश चर्चित जोडी हुन्। नीताले मुकेशलाई हरेक कदमहरूमा साथ दिएकी थिइन्।
आफ्नो व्यक्तिगत जीवनदेखि व्यापार–व्यवसायमा समेत नीताले मुकेशलाई साथ दिइन्। उनीहरूले धेरै संघर्ष गरिसकेपछि एउटा सन्तानको जन्म भएको थियो। तर उनीहरूले कहिलेपनि एकअर्कोको साथ छोडेनन्।
अहिले नीतालाई कुनै चिजको कमी छैन। तर कुनैबेला यस्तो पनि थियो उनी पैसा कमाउनका लागि नाच्ने गर्थिन्।
के काम गर्थिन् नीता?
नीता दलाल मध्य परिवारमा जन्मिएकी थिइन्। उनले ब्याचलरसम्मकाे पढाइ गरिन्। त्यसपछि उनी नृत्य गर्न थालिन्। किनकी उनकाे झुकावै नृत्यप्रति थियाे। त्यहीकारण उनले सानै उमेरदेखि भरतनाट्यम सिक्न थालिन्।
उनको पिता आदित्य बिरला ग्रुप (अहिले कुमार मंगलम बिरला)को सिनियर प्रबन्धको पदमा थिए। उनले नै नीतालाई डान्स सिक्नका लागि प्रेरित गरिरहिन्।
पिताले साथ दिएअनुसार नै उनले पनि ६ वर्षकाे उमेरदेखि नाच्न थालिन। र, डान्स टिचर पनि भइन्। उनले ८०० तलबमा एउटा सानाे स्कूलमा डान्स सिकाउने गरेकी थिइन्।
तर अम्बानी परिवारकी बुहारी बनेपछि नीताको सबैभन्दा ठुलो प्रोजेक्टमा काम गर्न थालिन्। र, व्यापार–व्यवसायमा पनि जाेडिन थालिन्।
अहिले के गर्दैछिन् नीता?
नीता अहिले विभिन्न संघ–संस्थाहरूको मालिकनी बनेकी छन्। उनी एक आर्ट कलेक्टर पनि हुन्। उनीसँग् कराेडाैं पर्ने पेन्टिङ र मूर्तिहरू पनि छन्।
यसका साथै नीता अम्बानीसँग आइपीएलको टिम पनि छ। जसको नाम मुम्बई इन्डियन्स हो। उनले सबै जिम्मेवारी सम्हालेकी छन्। अहिले उनी आफ्नो शानदार जीन्दगी जिइरहेकी छन्।