बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीको दशरथ रंगशालामा ‘हत्या गर्न सकिने’ भन्दै उक्साउने भ्लगर रतन कार्कीलाई प्रहरीले उच्च निगरानीमा राखेकाे छ।
चितवनको भरतपुर घर भइ हाल जापानमा बस्ने २० वर्षीय कार्कीलाई प्रधानमन्त्रीकाे हत्या गर्ने अभिव्यक्ति दिएपछि नेपाल प्रहरी र जापानस्थित नेपाली दूतावासले निगरानीमा राखेकाे जनाइएकाे छ।
कार्तिक १४ काठमाडौँको दशरथ रङ्गशालामा साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत भएको फाइनल खेलमा प्रधानमन्त्री ओलीविरुद्ध चर्का नाराबाजी र हत्याका लागि उक्साहट गरिएपछि प्रहरीले त्यस्ताको व्यापक खोजी गरेको थियो।
फुटबल हेर्न रंगशाला पुगेका प्रधानमन्त्रीको हत्या त्यहाँभित्रै गर्न सामाजिक सञ्जालमा उक्साउने कार्कीको बारेमा प्रहरीले सबै नालिबेली फेला परिसकेको बताएको छ। उनले टेलिभिजनमा प्रतियोगिता हेर्दै सामाजिक सञ्जालमा रंगशालाका दर्शकलाई प्रधानमन्त्रीको हत्या गर्न सकिने भन्दै उक्साएका थिए।
उनले फेसबुक लाइभ गर्दै भनेका थिए, ‘आज गरौँ यत्तिचाहिँ गरिहालौं के! आज गरिएन भने हामी धेरै पछुताइन्छ। आँटौं साथीहरु आज। तपाईंहरुले गेम हेरिरहनुभएको होला, तर मैले अरु नै केही हेरिरहेको छु। आज हामीले चाहेम भने मार्न सकिन्छ। यत्रो मान्छे छन्, एउटा ग्रुप बनाएर घेर्ने हो भने फ्याट्टै मार्न सकिन्छ। मारेपछि मारेको मार्यै हुन्छ। आँटम त आज। आज आँटी हालौं, धेरै टाइम पनि छैन। बूढो गइहाल्छ, मतलब उता जान पनि टाइम छैन, उता जान पनि छैन। बुझ्नु न यत्ति चाँही गरौँ के। आज गरिएन भने पछुताइन्छ साथीहरु।’
कार्कीबारे नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको र नेपाल ल्याउने प्रक्रिया भइरहेको बताइएकाे छ।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया