बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीको दशरथ रंगशालामा ‘हत्या गर्न सकिने’ भन्दै उक्साउने भ्लगर रतन कार्कीलाई प्रहरीले उच्च निगरानीमा राखेकाे छ।
चितवनको भरतपुर घर भइ हाल जापानमा बस्ने २० वर्षीय कार्कीलाई प्रधानमन्त्रीकाे हत्या गर्ने अभिव्यक्ति दिएपछि नेपाल प्रहरी र जापानस्थित नेपाली दूतावासले निगरानीमा राखेकाे जनाइएकाे छ।
कार्तिक १४ काठमाडौँको दशरथ रङ्गशालामा साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत भएको फाइनल खेलमा प्रधानमन्त्री ओलीविरुद्ध चर्का नाराबाजी र हत्याका लागि उक्साहट गरिएपछि प्रहरीले त्यस्ताको व्यापक खोजी गरेको थियो।
फुटबल हेर्न रंगशाला पुगेका प्रधानमन्त्रीको हत्या त्यहाँभित्रै गर्न सामाजिक सञ्जालमा उक्साउने कार्कीको बारेमा प्रहरीले सबै नालिबेली फेला परिसकेको बताएको छ। उनले टेलिभिजनमा प्रतियोगिता हेर्दै सामाजिक सञ्जालमा रंगशालाका दर्शकलाई प्रधानमन्त्रीको हत्या गर्न सकिने भन्दै उक्साएका थिए।
उनले फेसबुक लाइभ गर्दै भनेका थिए, ‘आज गरौँ यत्तिचाहिँ गरिहालौं के! आज गरिएन भने हामी धेरै पछुताइन्छ। आँटौं साथीहरु आज। तपाईंहरुले गेम हेरिरहनुभएको होला, तर मैले अरु नै केही हेरिरहेको छु। आज हामीले चाहेम भने मार्न सकिन्छ। यत्रो मान्छे छन्, एउटा ग्रुप बनाएर घेर्ने हो भने फ्याट्टै मार्न सकिन्छ। मारेपछि मारेको मार्यै हुन्छ। आँटम त आज। आज आँटी हालौं, धेरै टाइम पनि छैन। बूढो गइहाल्छ, मतलब उता जान पनि टाइम छैन, उता जान पनि छैन। बुझ्नु न यत्ति चाँही गरौँ के। आज गरिएन भने पछुताइन्छ साथीहरु।’
कार्कीबारे नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको र नेपाल ल्याउने प्रक्रिया भइरहेको बताइएकाे छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया