बिएल संवाददाता
वैदेशिक राेजगारीका नाममा ४० जनाभन्दा बढी व्यक्तिहरुलाई ठगी गरेर फरार भएकी माेडल बिनु शाक्य पक्राउ गरेर नेपाल ल्याइएकाे छ।
उनका सहपाटी सुजन आचार्यसँगै कम्बाेडियाबाट असाेज १ गते पक्राउ परेकी उनलाई आइतबार नेपाल ल्याएकाे हाे। इन्टरपाेलबाट रेड नाेटिस जारी भएपछि उनीहरु पक्राउ परेका थिए। आचार्यलाई कात्तिक ९ गते नै नेपाल ल्याइएकाे थियाे।
उनीहरुमाथि वैदेशिक राेजगारीका सिंगापुर पठाइदिन्छाैँ भनेर ४० जना भन्दा बढी व्यक्तिबाट पाँच कराेड दुई लाख ९४ हजार ठगी गरेकाे आराेप छ।
शाक्यले माेडल र आचार्यले पत्रकारकाे आवरणमा काठमाडाैँमा ठगी धन्दा चलाएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे थियाे। उदयपुरकाे त्रियुगा नगरपालिका वडा नं. १० घर भएका आचार्य र सिन्धुपाल्चोक मान्खा घर भएकी शाक्य प्रेमी-प्रेमिका रहेकाे खुलेकाे छ।
ठगीपछि पीडितहरु प्रहरीमा जान थालेपछि दुवै जना भागेका थिए।
शाक्यलाई प्रहरी वृत्त कालिमाटीमा राखेर अनुसन्धान सुरु गरिएकाे छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया