बिएल संवाददाता
वैदेशिक राेजगारीका नाममा ४० जनाभन्दा बढी व्यक्तिहरुलाई ठगी गरेर फरार भएकी माेडल बिनु शाक्य पक्राउ गरेर नेपाल ल्याइएकाे छ।
उनका सहपाटी सुजन आचार्यसँगै कम्बाेडियाबाट असाेज १ गते पक्राउ परेकी उनलाई आइतबार नेपाल ल्याएकाे हाे। इन्टरपाेलबाट रेड नाेटिस जारी भएपछि उनीहरु पक्राउ परेका थिए। आचार्यलाई कात्तिक ९ गते नै नेपाल ल्याइएकाे थियाे।
उनीहरुमाथि वैदेशिक राेजगारीका सिंगापुर पठाइदिन्छाैँ भनेर ४० जना भन्दा बढी व्यक्तिबाट पाँच कराेड दुई लाख ९४ हजार ठगी गरेकाे आराेप छ।
शाक्यले माेडल र आचार्यले पत्रकारकाे आवरणमा काठमाडाैँमा ठगी धन्दा चलाएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे थियाे। उदयपुरकाे त्रियुगा नगरपालिका वडा नं. १० घर भएका आचार्य र सिन्धुपाल्चोक मान्खा घर भएकी शाक्य प्रेमी-प्रेमिका रहेकाे खुलेकाे छ।
ठगीपछि पीडितहरु प्रहरीमा जान थालेपछि दुवै जना भागेका थिए।
शाक्यलाई प्रहरी वृत्त कालिमाटीमा राखेर अनुसन्धान सुरु गरिएकाे छ।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया