एमालेले बाेलायाे सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक बोलाएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यही असार २५ गते दिउँसो १ बजे बैठक बोलाएको जानकारी दिए।

उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ। बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने छ। 

प्रकाशित मिति: : 2024-07-07 21:51:00

प्रतिकृया दिनुहोस्