प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाकाे बैठक बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेका लागि बाेलाइएकाे छ।

बैठकका लागि संघीय संसद सचिवालयले दुइटा सम्भावित कार्यसूची तय गरेकाे छ।

पहिलाे कार्यसूचीअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव’ र ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने छन्।

त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवदेनसहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधी)सम्बन्धी (पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधी)सम्बन्धी (पहिलो संशोधन विधेयक, २०८१लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2024-06-28 06:45:00

प्रतिकृया दिनुहोस्