बुटवलमा रहेको सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई (पाण्डे)लाई प्रहरीले पक्राउ गरेको छ।
गुरुङलाई बिहीबार र पाण्डेयलाई शुक्रबार पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले जानकारी दिए।
उनीहरुले १ अर्ब ७ करोड ८२ लाख बढी रकम हिनामिना गरेको प्रहरीमा उजुरी परेको छ। उजुरीका आधारमा पक्राउ गरिउको पण्डितले बताए। सहकारीका संस्थापक अध्यक्ष गितेन्द्र बहादुर (जिबि) राई हुन्।
उनी पनि प्रहरीको रेड नोटिसमा छन्।