केपी ओली कप: बुफनसँगै ओलीले पनि फाइनल खेल हेर्ने

Break n Links
Break n Links

केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल आज हुँदैछ। दशरथ रंगशालामा हुने फाइनल खेल हेर्न इटलीका प्रसिद्ध गोलकिपर जियानलुइजी बुफन नेपाल आएका छन्। उनीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि फाइनल खेल हेर्ने कार्यक्रम तय गरिएको छ। 

यो कपको उपाधिका लागि मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दैछन्। एमालेको राष्ट्रिय यवा संघको आयोजनामा हुँदै आएको केपी ओली कप प्रतियोगिताको यो तेस्रो संस्करण हो। यो प्रतियोगितामा दुई विदेशीसहित ९ टोली सहभागी थिए।

यसका बिजेता टोलीले १५ लाख ११ हजार १ सय रुपैया र उपविजेताले ५ लाख पुरस्कार पाउनेछन्। त्यस्तै सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता तथा उदीयमान खेलाडीले ५० हजार रुपैया पुरस्कार पाउनेछन्। 

फाइनल प्रतियोगितामा सांगितिक कन्सर्ट पनि राखिएको छ। जसमा चर्चित ब्यान्ड कुमा सागरको प्रस्तुती रहनेछ। 
 

प्रकाशित मिति: : 2025-03-03 10:43:00

प्रतिकृया दिनुहोस्