राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा सभापति रवि लामिछानेका विश्वासपात्र मोहन थापा अमेरिकामा पक्राउ परेका छन्। अघिल्लो साता नेपाल फर्किने क्रममा उनी पेन्सिल्भेनिया एयरपोर्टबाटै पक्राउ परेको खुलेको छ। गैरआवासीय नेपाली संघका पदाधिकारीहरूलाई जानकारीमा रहेको उक्त घटना एकसातासम्म गोप्य राखिएको थियो। नेता थापा बाल्टिमोरस्थित नेपालीहरूको छाता संगठन बानाका पूर्व अध्यक्षसमेत हुन्।
000
काठमाडौंको नयाँ बानेश्वरमा झडप हुँदा डीएसपी गंगा पौडेल घाइते भएका छन्। ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले आयोजना गरेको प्रदर्शनमा झडप हुँदा प्रहरी वृत्त सिंहदरबारका डीएसपी पौडेल घाइते भएका हुन्। डीएसपी पौडेलको टाउकोमा पौडेलको टाउकोमा गहिरो चोट लागेको छ।
000
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार असफल र असक्षम साबित भइसकेको निष्कर्ष प्रस्तुत गरेका छन्।केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक एवं संगठनात्मक प्रतिवेदनमार्फत् यादवले सुशासन, समृद्धि र विकास गर्नु भन्दा बढी पनि यो सरकार कोरा नारामा मात्र सीमित रहेको उल्लेख गरेका हुन्। हरेक हिसाबले असफल भइसकेको सरकारले आयु बढाउन साना दललाई कमजोर बनाउने खेल भइरहेको यादवकाे भनाइ थियाे।
000
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनतासँग आफ्नाे ‘लभ’ परेकाे बताएका छन्। माओवादीको तराई मधेस जागरण अभियानका क्रममा सिरहामा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले मधेससँग आफ्नो लभ परेको उल्लेख गरेका हुन्। माओवादीले जनयुद्धका लागि सैन्य तालिमको व्यवस्था मधेसबाटै गरेको स्मरण गर्दै उनले सिरहा माइतीघर भएकाे बताएका थिए।
000
नेपाल बिमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्य प्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। विशेष अदालतका न्यायाधीशहरू तेज नारायण सिंह राई, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सिलावाललाई सफाइ दिने फैसला सुनाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध कानुनविपरीत ९ महिनासम्म पदमा रहेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
000
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा युद्धविराम सम्झौताको अवधि थप्ने प्रस्तावलाई अनुमोदन गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकफले अघि सारेको यो प्रस्तावलाई नेतन्याहुले आइतबार अनुमोदन गरेका हुन्।इजरायली प्रधानमन्त्री नेतान्याहुले मुस्लिमको रमजान र यहुदीहरूको निस्तार चाडलाई ध्यानमा राख्दै गाजा युद्धविरामलाई थप ६ हप्ताका लागि अस्थायी रुपमा विस्तार गर्न अनुमोदन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएकाे छ।
000
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका म्याट रस नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार रसलाई नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेकाे हाे। रससँग एक वर्षका लागि सम्झौता गरिएको एन्फाले जनाएको छ।
000
फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आएका छन्। इटालीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बफोन ‘केपी ओली कप फुटबल’ को फाइनल खेल अवलोकन गर्न नेपाल आएका हुन्। राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले बुफाेनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।