पशुपति बालुवामा भ्रष्टाचार: पूर्वएलडीओसहित तीन जना पक्राउ

Break n Links
Break n Links

पशुपतिको बालुवाखानी भ्रष्टाचारमा दोषी ठहरिएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरूलाई पक्राउ गरेकाे हाे। 

पक्राउ पर्नेहरूमा प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजुकुमार रेग्मी रहेको सीआईबीका प्रवक्ता युवराज खड्का रहेका छन्।

जोशी र श्रेष्ठ पूर्वस्थानीय विकास अधिकारी (एलडीओ) हुन् भने रेग्मी पशुपति विकास कोषका पूर्वनिर्देशक हुन्।

एक महिनाअघि मात्रै विशेष अदालतले पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा अहिले पक्राउ परेका ३ जनासहित ९ जनालाई दोषी ठहराएको थियो।

प्रकाशित मिति: : 2025-03-03 12:53:00

प्रतिकृया दिनुहोस्