बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनामा १२ जना दोषि हठर भएका छन्। बिहीबार विषेश अदालतका न्यायाधीश खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले १२ जनलाई दोषी ठहर गर्दै साजय तोकेको छ।
जसमा पूर्व अख्तियार दुरुपायोग अनुसन्धान आयोगका आयुक्त दीप बस्न्यात, तत्कालीन भूमिसुधार सचिव छविराज पन्त, रामकुमार सुवेदी र शोभाकान्त ढकाल रहेका छन्।
यस्तै दोषी ठहर हुनेमा भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङ, कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनीलगायत रहेका छन्।
अदालतले पूर्वमन्त्री विजयकुमार गच्छदार, डम्बरकुमार श्रेष्ठलगायतलाई भने सफाइ दिएको छ।
हेर्नुस् अदालतको पूर्ण पाठ