‘नेताहरू भ्रष्ट भए भन्दैमा पार्टी नै बन्द गरिदिने?’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति असन्तुष्टिसँगै सत्तारुढ दलका नेताहरूप्रति आक्रोश पोखेका छन्। 

टिकटक बन्द गर्ने सरकारको निर्णय सम्बन्धमा उनले नेताहरू भ्रष्ट भए भन्दैमा पार्टी नै बन्द गरिदिने? भन्दै प्रश्नसमेत गरेका छन्।

‘यो निर्णय गर्ने सत्ताधारी दलकै कयौं नेताहरू भ्रष्ट होलान्। के अब पार्टी नै बन्द गरिदिने हो त?,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

लामिछानेले टिकटकका कैयौं युजर र कन्टेन्ट खराब भएपनि त्यसलाई प्राविधिक रुपमा कन्ट्रोल गर्न सकिने उल्लेख गर्दै सामाजिक सञ्जाल बन्द नगरी त्यसलाई नियमन गर्न आवश्यक रहेको बताएका छन्। 

मूलधारले ढोका बन्द गरेका कैयौं प्रतिभा सामाजिक सञ्जालले उजागर गरेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालले फैलाएका कैयौं अफवाहलाई मूलधारले गलत प्रमाणित गरेको समेत जनाएका छन्। 

तर, सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीबाट भएको विरोधको अर्थ नबुझिएको भन्दै लामिछानेले प्रश्न गरेका छन्, ‘के यो निर्णय माओवादी केन्द्रको मात्रै हो?’

प्रकाशित मिति: : 2023-11-13 18:59:00

प्रतिकृया दिनुहोस्