‘जाजरकाेट’ जाँदै राष्ट्रपति, ‘चाइना’ उड्दै माधव नेपाल

राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै छन्।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज त्यस क्षेत्रमा जान लागेकाे राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।

भूकम्पपछि मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक बाहिर जानु उपयुक्त नभएकाले राष्ट्रपति पौडेलले यही कात्तिक २२ गतेदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका हुन्।

त्यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित १५ जनाकाे जम्बाे टाेली लगेर चाइना उड्दै छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा एकीकृत समाजवादीका अध्यक्ष नेपाल चीन भ्रमणमा जान लागेकाे प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2023-11-07 07:51:00

प्रतिकृया दिनुहोस्