राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शान्ति प्रक्रिया टुंगोमा नपुग्नुमा पुराना राजनीतिक दलहरु जिम्मेवार रहेको बताएका छन्।
बिहीबारकाे प्रतिनिधिसभाकाे बैठकमा बोल्दै लामिछानेले पुराना राजनीतिक दलको नियत ठिक नहुँदा अहिलेसम्म शान्ति प्रक्रिया टुंगोमा नपुगेको बताएका हुन्।
आफ्नो स्वर्थ पूरा गर्न मात्र दलहरु एक ठाउँमा हुने गरेको उनको भनाइ छ। ‘आफ्नो सत्ता स्वार्थका लागि मिल्न सक्ने, पीडितलाई न्याय दिने शान्ति प्रक्रियामा केले रोक्यो, कहाँ रोक्यो? हामी नयाँ दलले? बताउनुस्’, उनले भने, ‘अन्तर्राष्ट्रिय मान्यताअनुसार, मानवअधिकार सिद्धान्तअनुसार पीडितलाई मध्यजनर गरेर यसलाई टुङ्ग्याउन कसैले रोकेको छैन। रोकेको छ त यहाँहरुकै नियतले।’