काँग्रेस फुट्नसक्छ : गगन थापा 

फाइल तस्बिर
फाइल तस्बिर

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा फेरि काँग्रेसले ‘गठबन्धन’ रोजे पार्टी नै विभाजन हुने संकेत गरेका छन्।

२०७९ मंसिरको निर्वाचनपछि नै नेपाली काँग्रेस ‘एक्लै लड्नुपर्छ’ भनिरहेका थापाले बिहीबार नेपाल प्रेस युनियनको चियापान कार्यक्रममा पार्टी विभाजनको संकेत गरेका हुन्। 

‘नेपाली काँग्रेसभित्रको कुनै पनि शक्तिले २०८४को निर्वाचनमा गठबन्धन गरेर जानसक्ने आँट गर्नसक्दैन’ उनले भने ‘त्यसो भयो भने पार्टी नै विभाजनको बाटोमा जानसक्छ।’ 

उनले नेपाली काँग्रेस अब गठबन्धन गरेर जाने पक्षमा नभएको भन्दै जेजस्तो परिणाम आउने भएपनि त्यसका लागि आफूहरू तयार रहेको पनि बताए।

‘अब पनि हामी गठबन्धनमा जाने कल्पना कसैले नगरे हुन्छ। कसैले गठबन्धनमै जाने भन्छ भने काँग्रेस पार्टी एक रहँदैन’ थापाले भने।

प्रकाशित मिति: : 2023-10-19 18:15:00

प्रतिकृया दिनुहोस्