कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासकाे मत

File Photo
File Photo

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासकाे मत पाएका छन्।

विश्वासको मत दिने प्रयोजनको लागि बुधबार बसेकाे प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्की विश्वासकाे मत पाएका हुन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ को उपनियम ४ बमोजिम कोशी प्रदेशसभा मुख्यमन्त्री कार्कीले विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गरेका थिए। मत विभाजनको आधारमा मुख्यमन्त्री कार्की पक्षमा ८६ र प्रतिपक्षमा राप्रपाका पाँच मत परेको थियो।

मुख्यमन्त्री कार्कीका पक्षधर नेपाली कांग्रेस आठ जनासहित २९, नेकपा (एमाले)का ३९ जना, नेकपा (माओवादी केन्द्र)का १३ जना, नेकपा (एकीकृत समाजवादी)का चार जना र जसपाका एकसहित ८६ जनाले विश्वासको मत दिएका हुन्।
 

प्रकाशित मिति: : 2023-10-18 16:25:00

प्रतिकृया दिनुहोस्