‘मुलुक विकासका लागि दुवै शक्ति सन्तुलन हुनुपर्छ’

कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकको अपेक्षित विकासका लागि दुवै शक्ति सन्तुलन हुनुपर्ने बताएका छन्।

नजिकिँदै गरेको नेपाली हिन्दूहरुको महान् पर्व विजयादशमी तथा तिहारका साथै छठपर्वका अवसरमा वीरेन्द्रनगरमा आज आयोजित प्रेस सेन्टरसँग आवद्ध पत्रकारसँगको शुभकामना आदानप्रदान कार्यक्रममा उनले राजनीति र प्रशासनिक दुवै शक्ति सन्तुलनबाट मात्र देशले अपेक्षा गरेको विकास हुनसक्ने धारणा व्यक्त गरेका हुन्। 

पूर्वमुख्यमन्त्री शाहीले भने, ‘आवधिक र स्थायी दुवै सरकारको आपसी सम्बन्ध, समझदारी र जिम्मेवारीप्रतिको बोधगम्यताले मात्र निर्मित नीति, नियम, बजेट, योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनसक्छ। त्यसो हुँदा प्रतिफल देखिने गरी काम भएको जनताले अनभूति गर्न सक्छन्।’ त्यसका साथै उनले जनताको अवस्था बदल्न परम्परागत सोच र संरचना दुवैको पुनःसंरचना आवश्यक रहेकोसमेत उल्लेख गरे। 

उक्त भेटघाट कार्यक्रममा कर्णालीका दूरदराजमा रहेर काम गर्ने पत्रकार तथा सञ्चारकर्मीको आर्थिक तथा सामाजिक सुदृढीकरणका लागि सरकारले सञ्चार माध्यममैत्री कार्यक्रम ल्याउनुर्नेमा समेत उनले जोड दिएका छन्। ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ले जनतामा उभार ल्याएको बताउँदै पूर्वमुख्यमन्त्री शाहीले माओवादी सक्याउन अन्तर्राष्ट्रिय शक्ति केन्द्र पनि लागेको जिकिर गएका छन्।क

प्रकाशित मिति: : 2023-10-16 19:16:00

प्रतिकृया दिनुहोस्