बालुवाटारमा तीन नेताबीच लिखित सहमति, गठबन्धन कमजोर हुन नदिने

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइरालाबीच लिखित सहमति भएको छ।

शनिबार बिहान बालुवाटारमा भएको तीन नेताबीचको छलफलमा वर्तमान गठबन्धनलाई कमजोर हुन नदिने लिखित सहमति भएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

तीन नेताको हस्ताक्षरसहित जारी गरिएको सहमति पत्रमा भनिएको छ, ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं, यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं।’

सत्तारुढ गठबन्धनको निर्णयविपरीत कांग्रेसका नेता शेखर कोइराला पक्षका केदार कार्कीसहित ८ जना सांसदहरुले विद्रोह गरेर कोशी प्रदेशमा नेकपा एमालेको सहयोगमा सरकार बनाएका थिए।

एमालेसँग मिलेर कार्कीलाई मुख्यमन्त्री बनाए पनि कांग्रेस नेता कोइरालाले प्रधानमन्त्री  प्रचण्ड र सभापति देउवासँग गठबन्धन कमजोर नबनाउने सहमति गरेका हुन्। 

प्रकाशित मिति: : 2023-10-14 11:34:00

प्रतिकृया दिनुहोस्