‘काेशीमा काँग्रेस फुटेकाे हाे?’

नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले काेशीमा देखिएकाे राजनीतिका घटनाक्रमले काँग्रेसमा विभाजन नआउने बताएका छन्। पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शुक्रबार बसेकाे पार्टीकाे कार्यसम्पादन बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै विश्वकर्माले उक्त विववाद पार्टी नफुट्ने दाबी गरेका हुन्।

कोशीमा नेपाली काँग्रेस फुटेको हो? भन्ने सञ्चारकर्मीकाे प्रश्नकाे जवाफ दिँदै विश्वकर्माले भने, ‘कोशीमा अहिले नै काँग्रेस फुटेको भनिहाल्न मिल्दैन, असन्तुष्टि जाहेर गरेको भन्ने हो। सबै असन्तुष्टि पार्टी विभाजनमा हुन भन्न हुँदैन। अहिले पार्टी फुटेको होइन।’

उनले समस्या समाधानकाे लागि पार्टी नेता शेखर काेइरालाकाे प्रतीक्षा रहेकाे बताए।

काेशी प्रदेशकाे नयाँ सरकार गठन प्रक्रिया माओवादीसहितकाे गठबन्धनमा रहेकाे नेपाली काँग्रेसले माओवादी केन्द्रका इन्द्र आङ्बाेलाई समर्थन गर्ने निर्णय गरे पनि त्यस निर्णयविपरीत काँग्रेसकै केदार कार्कीले एमालेकाे समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेपछि नेपाली काँग्रेसमा विवाद उत्पन्न भएकाे छ।

शेखर समूहका कार्कीले एमालेकाे समर्थनमा मुख्यमन्त्री दाबी गरेपछि काँग्रेसमा विभाजन आएकाे हुन सक्ने अनुमान गरिएका बेला विश्वकर्माले यस्ताे प्रतिक्रिया दिएका छन्।

यद्यपि, यस समस्या समाधानकाे लागि देउवा निवासमा बसेकाे बैठकमा काेइराला उपस्थित भएनन्। यसले काँग्रेसका याे विवाद झनै चर्किने सम्भावना देखिएकाे छ।

उत्पन्न अवस्थालाई मिलाउन काँग्रेकाे कार्यासम्पादन बैठक भाेलि (शनिबार) बिहान पुन: बस्ने भएकाे छ। काेइरलाकाे प्रतीक्षास्वरुप बैठक भाेलिकाे लागि सारिएकाे नेताहरुले बताए।

प्रकाशित मिति: : 2023-10-13 18:50:00

प्रतिकृया दिनुहोस्