कांग्रेस संसदीय दलको बैठक बस्दै

सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज (मङ्गलबार) सङ्घीय संसद्भवन नयाँ बानेश्वरमा बस्दैछ। कांग्रेस संसदीय दलले साेमबार एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो।

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

प्रकाशित मिति: : 2023-10-10 07:00:00

प्रतिकृया दिनुहोस्