प्राज्ञिक परिषद्ले बाँड्याे विद्यार्थीलाई शैक्षिक सामग्री

जुम्लामा क्रियाशील प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शैक्षिक सामग्री वितरण गरेकाे छ।

परिषद्ले चन्दननाथ नगरपालिकाकाे कर्णाली मावि अनामनगरमा शैक्षिक सामग्री वितरण गरेकाे हाे।

बिहीबार कर्णाली माविका एक सयभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको विद्यार्थी परिषद्की शारदा पछाईंले जानकारी दिइन्।

शैक्षिक सामग्री वितरणमा प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक चेतराज जोशी, परिषद्का राष्ट्रिय सह-संगठन सचिव रमेश कण्डेलको सहभागिता रहेकाे थियाे।

प्रकाशित मिति: : 2023-10-06 13:28:00

प्रतिकृया दिनुहोस्