‘सामाजिक सञ्जाल प्रविधिको उपहार हो, निन्दा र भर्त्सना पोख्ने प्लेटफर्म बनाइयो’

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सामाजिक सञ्जालको चरम दुरुपयोगले समाजलाई गाँजेको बताएका छन्।

काठमाडौंको वनस्थलीमा आइतवार हाम्रो एकता खेलकुद क्लबद्वारा आयोजित खुल्ला फुटसल प्रतियोगिताको उद्‌घाटन गर्दै पुनले यस्तो बताएका हुन्।

सामाजिक सञ्जालको सही र रचनात्मक प्रयोग गर्न सकिए मुलुक, समाज र मानिसको जीवनमै परिवर्तन ल्याउन सकिने उनको भनाइ छ।लोकतन्त्रमा आलोचना, विरोध र खबरदारी सबै ग्राह्य भए पनि सामाजिक सञ्जाल निन्दा र भर्त्सना पोख्ने प्लेटफर्ममा विकास हुँदै गएकोप्रति पुनले चिन्ता व्यक्त गरेका छन् ।

काठमाडौँको वनस्थलीमा आज हाम्रो एकता खेलकुद क्लबद्वारा आयोजित खुल्ला फुटसल प्रतियोगिताको उद्घाटन गर्दै उनले भने, 'प्रविधिले समाजलाई पत्रिका, रेडियो, टेलिभिजन, बैंकिङ कारोबार सबैका लागि एउटा स्मार्ट मोबाइल भए पुग्ने अवस्थामा ल्याएको छ। तर, प्रविधिको सही र रचनात्मक प्रयोग गर्नसक्ने समाज हाम्रो बनेको छैन।'

प्रकाशित मिति: : 2023-10-01 21:26:00

प्रतिकृया दिनुहोस्