दशैँ र तिहारमा पनि माओवादीकाे अभियान रोकिँदैन: जनार्दन शर्मा 

माओवादी (केन्द्र)का उपमासचिव जनार्दन शर्माले माओवादीको पार्टीको जारी अभियान चाडपर्वमा समेत नरोकिने बताएका छन्। 

माओवादी(केन्द्र) विराटनगर महानगर समितिले शनिवार आयोजना गरेको एकदिने स्कुलिङ कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा सम्बोधन गर्दै नेता शर्माले दशैँ-तिहारसँगै पार्टीको अभियानमा जुठ्नसमेत आग्रह गरेका छन्।

माओवादीले हरेकपटक सरकारमा जाँदा लोकप्रिय काम गर्दापनि आफूहरूले जस लिनेगरी स्थापित गर्न नसकेको उनको गुनासो  छ।

नेता शर्माले प्रचण्ड नेतृत्वको सरकारले यसपालि भ्रष्टाचारविरुद्ध निर्मम भइ प्रस्तुत भइरहेको र सुशासन कायम गर्ने गरी दर्जनौं लोकप्रिय काम गरिरहेको भन्दै आगामी चुनाव मओवादीले एक्लै लड्ने र एक्लै बहुमत ल्याउने दावी समेत गरेका छन्।

'पटकपटक अर्को दलसँग मिलेर लड्दा माओवादीको आफ्नो स्वत्व भन्ने कुरा हरायो, मददाता अलमलिए। अब हामी निर्णय नैगरेर जान्छौँ,' संगठन विभाग प्रमुखसमेत रहेका शर्माले भने, '२०८४ को चुनाव माओवादी एक्लै लड्छ र अहिले सरकारले गरेको लोकप्रिय कामको बलमा बहुमत पनि स्पष्ट  ल्याउछ।'

प्रकाशित मिति: : 2023-09-30 22:19:00

प्रतिकृया दिनुहोस्