एमाले बागमती प्रदेशको नेतृत्व छान्न विद्युतीय मतदान जारी

नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान भइरहेकाे छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार दिउँसो एक बजेदेखि इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान जारी भएकाे हाे।

मतदान ८ बजेसम्म सकिने र त्यससपछि दुई घण्टामा परिणाम आइसक्ने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बताए।

प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल चुनावी मैदानमा उत्रिएका छन्।

प्रकाशित मिति: : 2023-09-29 15:28:00

प्रतिकृया दिनुहोस्