अनिवार्य योग-ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन

BreaknLinks
BreaknLinks

अधिकृत तहदेखि माथिका कर्मचारीले कार्यालयमा हाजिर भएपछि अनिवार्य योगाभ्यास–ध्यान गर्नुपर्ने भएको छ।

गृह मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका विभाग, कार्यालयका अधिकृतदेखि उच्च तहसम्मका कर्मचारीलाई योगाभ्यास–ध्यान गरेर मात्र काममा लाग्न निर्देशन दिएको छ। 

महाशाखा प्रमुखलाई पत्राचार गर्दै गृह मन्त्रालयले बिहान सवा १० बजेभित्र अनिवार्य १५ मीनेट योगाभ्यास–ध्यान गरेर मात्र आफ्नो काममा लाग्ने प्रबन्ध मिलाउन निर्देशन दिएको हो। हाल एक दिवसीय ध्यान विज्ञान कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको छ। 

‘महाशाखाअन्तर्गत अधिकृतस्तरमा सबै कर्मचारीले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा कम्तीमा १५ मीनेट समय योगाभ्यास–ध्यान गरेर मात्र आ–आफ्नो कार्यजिम्मेवारी प्रारम्भ गर्ने व्यवस्था मिलाउनुहुन’ पत्रमा उल्लेख छ।

 त्यस्तै, गृहले अन्य तहका कर्मचारीलाई पनि योगाभ्यास प्रशिक्षण दिने तयारी भइरहेको जनाएको छ।

प्रकाशित मिति: : 2023-09-27 21:26:00

प्रतिकृया दिनुहोस्