बङ्गलादेशमा डेङ्गुले लिँदैछ ज्यान

बङ्गलादेशमा यसवर्षमा एक लाख ८७ हजार ७२५ जनामा डेङ्गुको संक्रमण देखिएकाे मध्य ९०० भन्दा बढीको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ३१६, अगस्टमा ३४२ र जुलाईमा २०४ गरी कूल ९०९ जना डेङ्ग संक्रमित विरामीको मृत्यु भएको हो।

महानिर्देशनालयका अनुसार सेप्टेम्बरमा ६३ हजार ९१७, अगस्टमा ७१ हजार ९७६ र जुलाईमा ४३ हजार ८५४ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। 

दक्षिण एसियाली मुलुकमा स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने तीन हजार ८ जनामा डेङ्गुको संक्रममण देखिएको छ।

यस वर्ष हालसम्म निको हुनेको सङ्ख्या एक लाख ७६ हजार ३४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बङ्गलादेशमा जुन–सेप्टेम्बरको मनसुन अवधि डेङ्गु ज्वरोको मौसम हो।

प्रकाशित मिति: : 2023-09-25 19:33:00

प्रतिकृया दिनुहोस्