सामाजिक अराजकताले देशको भविष्य नै खतरामा पर्नसक्छ: ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक अराजकताले देशको भविष्य नै खतरामा पर्नसक्ने बताएका छन्।

नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा बाेल्दै पोखरेलले भने, ‘यसको नेतृत्व सुदृढ हुनैपर्छ। होइन भने अहिले बढिरहेको सामाजिक अराजकताले एमाले मात्रै होइन देशको भविष्यमाथि गम्भीर प्रश्न उठाउन सक्छ। सांस्कृतिक विचलनको चुनौतीलाई हल गर्न नसके ठिक ढंगले अघि बढ्न सकिँदैन।’

उनले सामाजिक संकट,  आर्थिक विश्रृंखलतालाई मिलाएर लैजान एमाले बलियो र सुदृढ हुनुपर्ने बताए।

‘देशमा जताततै संकटै संकट छ। यो संकट सामाजिक अराजकताले सिर्जना गरेको संकट हो। सांस्कृतिक अधोपतन र आर्थिक विश्रृंखलताले सिर्जना गरेको समस्या हो यो’, उनले भने, ‘यावत समस्यासँग जुध्ने नेकपा एमाले बलियो र सदृढ शक्तिका रुपमा आउनुपर्छ।’

प्रकाशित मिति: : 2023-09-25 15:13:00

प्रतिकृया दिनुहोस्