हेटौँडामा समाजवादी मोर्चाको सन्देशसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्दै

File Photo
File Photo

सातवटै प्रदेशमा सन्देशसभा गर्ने समाजवादी मोर्चाको निर्णयअनुसार आज हेटौँडामा सन्देशसभा हुने भएको छ। सोही सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन्।

उनसहित सभालाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको एकीकृत समाजवादी बागमती प्रदेशका अध्यक्ष सावित्री भुसालले बताइन्।

आज करिब २ बजे प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा मोर्चाले सन्देशसभा गर्ने भुसालले बताइन्। सन्देशसभाको संयोजन तथा आयोजना एकीकृत समाजवादीले गरेको र सभाको सम्पूर्ण तयारी पूरा भएको उनले जानकारी दिएइन्

हेटौँडामा प्रधानमन्त्री आउने भएपछि शनिबारबाटै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। कार्यक्रमस्थलसहित बजारका विभिन्न चोकचोकमा सुरक्षाकर्मी खटाइएको मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले बताए।

प्रकाशित मिति: : 2023-09-10 14:02:00

प्रतिकृया दिनुहोस्