‘वीपी’ सादा जीवनमा विश्वास गर्ने नेता हो: सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वीपी सादा जीवनमा विश्वास गर्ने नेता रहेको बताएका छन्।

आइतबार वीपी साहित्य महोत्सवको उद्घान गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले वीपीको जीवनबाट आफू पनि प्रभावित भएको बताए।

‘वीपी सादा जीवनमा विश्वास गर्ने उच्च नेता हो। उहाँले देखाएको बाटोमा हामी हिँडेका छौँ, उनले भने, ‘मेरो राजनीतिकको पनि वीपी प्रेरणाको स्रोत हो।’

वीपीलाई भेट्न जाँदा ठुलो होइन, असल मान्छे बन्नु भनेको सम्झँदै देउवाले आर्थिक समानताका लागि वीपी मार्क्सवादी चिन्तनलाई पनि आवश्यक ठान्ने गरेको बताए।

वीपी सामन्तवादकाविरुद्ध अडिएको भन्दै आज नेपाली काँग्रेस बहुदलसहितको संघीयतालाई मानेर अगाडि बढिरहेको देउवाको भनाइ छ।

प्रकाशित मिति: : 2023-09-10 12:14:00

प्रतिकृया दिनुहोस्