आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना

फाइल तस्बिर
फाइल तस्बिर

 हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

आजकाे माैसम देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान् महाशाखाले जनाएकाे छ।

मौसम पूर्वानुमान् महाशाखाका अनुसार दिउँसो  देशभर  आंशिक  देखि  सामान्य  बदली  रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2023-09-09 07:19:00

प्रतिकृया दिनुहोस्