विरोध प्रदर्शनमा प्रहरीद्वारा हवाई फायर

नेपाली कांग्रेस निकट तरुण दल र नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले ताप्लेजुङ प्रहरी विरुद्ध प्रदर्शन गरेका छन्। गएराति कोशी प्रदेशका प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामलाई प्रहरीद्वारा नै आक्रमण भएको भन्दै सुरक्षा निकायका विरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन्। 

तरुण दल र नेविसङ्घ ताप्लेजुङको अगुवाइमा शुक्रबार दिउँसो मध्याह्नपछि पार्टी कार्यालयबाट विरोध जुलुस निकालिएको थियो। प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय र प्रहरी सहायता केन्द्रको संरचनामा ढुङ्गा र लाठी प्रहार गरेका थिए। प्रहरी कार्यालयअघि प्रदर्शन गर्न पुगेका प्रदर्शनकारी आक्रोशित बनेपछि प्रहरीले हवाई फायरसमेत गरेको छ। 

ताप्लेजुङका प्रहरी नायब उपरीक्षक राजन लिम्बुलाई निलम्बन गर्नुपर्ने लगायतका मागसहित नाराबाजी गर्दै बजार परिक्रमा गरियो। बजार परिक्रमापछि जिल्ला प्रशासन कार्यालयअघि कोणसभा समेत गरियो। कोणसभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य हाङ्गामले आफूमाथि प्रहरीले नियोजितरूपमा आक्रमणको प्रयास गरेको बताए। 
 

प्रकाशित मिति: : 2023-09-08 21:22:00

प्रतिकृया दिनुहोस्