लुम्बिनीमा भोट गन्दै एमाले

नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतपेटिका खोलिएको छ।

कुल १ हजार ४ जना मतदाता रहेकोमा ९६५ मत खसेको थियो। अहिले मत गणना भइरहेको छ। 

बिहान ९ बजे सुरु भएको मतदान अवधि दिउँसो १ बजेसम्म तोकिएको थियो। 

लुम्बिनीको नयाँ नेतृत्व चयनका लागि एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल समूहबाट प्यान बनाएर उमेदवार प्रतिष्पर्धामा छन्।

चुनावी मैदानमा पौडेल समूहबाट राधाकृष्ण कँडेल र पोखरेल समूहबाट हरि रिजाल अध्यक्ष पदका उम्मेदवार छन्।

नयाँ नेतृत्व चयनका लागि नेताहरूबीच सहमति जुटाउने प्रयास भएपनि अन्तत सहमित बन्न नसकेपछि निर्वाचन भएको हो। 

प्रकाशित मिति: : 2023-09-05 19:31:00

प्रतिकृया दिनुहोस्