एमाले लुम्बिनीः शान्तकुमार वलीले दिए उपाध्यक्षमा उम्मेदवारी

नेकपा (एमाले) जिल्ला कमिटी रोल्पाका पूर्वअध्यक्ष शान्तकुमार वलीले लुम्बिनी प्रदेश उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

‘पार्टीभित्र मौलाउँदै गएको गुटबन्दीको विरोध गर्दै’ नेता वलीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। 

लुम्बिनी प्रदेशमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको समूह चुनावी मैदानमा उत्रिएको छ। 

पौडेलनिकट राधाकृष्ण कँडेल र पोखरेलनिकट हरि रिजालले अध्यक्षमा उम्मेदवारी दिएका छन्।

त्यसो त वली कुनै समूहमा समेटिएका छैनन्। उनले ‘आफू गुटको नभइ कार्यकर्ताको समर्थन’मा चुनावी मैदानमा उतिएको बताएका छन्। 

त्यस्तै, उपाध्यक्षमा पौडेल समूहबाट भोजप्रसाद श्रेष्ठ र पोखरेल समूहबाट विश्वराव बराल उम्मेदवार छन्। नेतृत्व चयन सर्वसम्मत हुन नसकेपछि सोमबार राति ८ बजेदेखि मतदान हुने भएको छ।

प्रकाशित मिति: : 2023-09-04 20:55:00

प्रतिकृया दिनुहोस्