प्रदेशको नेतृत्व गर्दै संकटमा पार्टी बचाएका हरि रिजाल

नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन बुटलवमा जारी छ। सहमतिका लागि आज १० बजेसम्म स्थगीत गरिएको बन्दशत्र अझै सुचारु हुन सकेको छैन। 

नयाँ नेतृत्वका लागि केन्द्रीय सदस्य हरि रिजाल र प्रदेश अध्यक्ष राधाकृष्ण कडेलले उम्मेदवारी दर्ता गरेका छन्। 

को हुन् अध्यक्षका दाबेदार रिजाल

हरि रिजाल संकटमा पार्टी बचाएका सक्षम एवं निष्ठावान् नेता मानिन्छन्। परिवर्तनका लागि भएको राजनैतिक आन्दोलन र संघर्षमा होमिएर खारिएका रिजाल जुझारु र कुशल संगठक हुन्।

वि.सं. २०३७ मा अनेरास्ववियूको प्युठान जिल्ला अध्यक्ष भएका उनी दशक भन्दा बढि  विद्यार्थी आन्दोलनमा सक्रिय रहे। पञ्चायती व्यवस्थामा पार्टी सम्पर्क र समन्वयको काम कठिन थियो। २०३८ सालमा प्युठानमा तत्कालीन नेकपा मालेको सम्पर्क व्यक्तिको रुपमा थिए, उनी। 

वि.सं. २०२२ सालमा जन्मनुभएका उहाँ विद्यार्थी राजनीतिपछि पार्टी जिम्मेवारीमा रहे। गाउँ कमिटीको सचिवबाट इलाका कमिटी सचिव हुँदै जिल्ला नेतृत्वमा पुगे। २०६४ सालमा भएको जिल्ला अधिवेशनबाट उनी जिल्ला सचिव भए। त्यसपछि जिल्ला अध्यक्ष भएका उनी अहिले पार्टीको केन्द्रीय सदस्य हुन्। 

२०५४ सालमा जिल्ला विकास समिति प्युठानको उपसभापति निर्वाचित भएका रिजाल २०७४ सालमा भएको चुनावमा प्रदेशसभा सदस्यमा निर्वाचित भए। २०७८ सालमा लुम्बिनी प्रदेश सरकारको ग्रामीण तथा शहरी विकास मन्त्री भई काम गरेका उनलाई नजिकबाट चिन्नेहरु काममा खरो र खट्ने नेताका रुपमा चिन्छन्। 

पञ्चायतकालमा पार्टी निर्माण कठिन थियो। त्यही बेला उहाँलाई पार्टीले डोल्पा पठायो। वि.सं. २०४१ सालतिको कुरा हो। पार्टीको संगठन शून्य झैं थियो डोल्पामा। दुई वर्ष डोल्पा बसेर तत्कालीन माले विजारोपणमा महत्त्वपूर्ण भूमिका खेले। 

प्यूठानमा पार्टीलाई ग्रासरूटमा पुर्याउन महत्त्वपूर्ण योगदान दिने रिजाल यही भदौ १६ र १७ गते बुटवलमा हुन लागेको एमाले लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्षको आकांक्षी हुन्। 

केन्द्रीय सदस्य छाडेर प्रदेशको अध्यक्षमा किन दाबेदारी गरेकाे भन्ने प्रश्नमा उनी भन्छन्, ‘पार्टीलाई वैचारिक र सांगठनिक ढंगले आक्रामकरुपमा अघि बढाउन म प्रदेश अध्यक्ष हुन लागेको हुँ। पार्टीलाई नयाँ शिराबाट अघि बढाउँदा मात्रै पार्टी संगठन चलायमान हुन्छ। चलायमान संगठनले मात्रै पार्टी अघि बढ्न सक्छ।’ 

अध्यक्षका प्रत्यासी कमरेड हरि रिजाललाई एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि अग्रिम बधाई एंव शुभकामना।

प्रकाशित मिति: : 2023-09-04 11:15:00

प्रतिकृया दिनुहोस्