‘ओली सरकारले ‘चुच्चे नक्सा’को विवरण छिमेकी देशहरुलाई पठाएकाे पाइएन’

परराष्ट्र मन्त्री एनपी साउदले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले लिपुलेक र लिम्पियाधुरासहितको ‘चुच्चे नक्सा’को विवरण छिमेकी देशहरुलाई नपठाएको पाइएको बताएका छन।

मन्त्री साउदले नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाको कार्यालयमा आइतबार बिहान पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

मन्त्री साउदले भने, ‘२०७५ सालमा संसद्बाट पास गरेपछि छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायसम्म नक्सा गइसकेको जानकारी भेटिएन। तत्कालीन अवस्थामा जिम्मेवारीमा रहेका साथीहरूले नक्साबारे जानकारी पठाएको  बताएका थिए। तर, नक्सा पठाइएको कूटनीतिक विवरण भेटिएन।’

मन्त्री साउदले कूटनीतिक संवाद र छलफलबाट पछिल्लो समय देखिएको नक्साबारेको विवाद समाधान गरिने बताए।

प्रकाशित मिति: : 2023-09-03 14:25:00

प्रतिकृया दिनुहोस्