एउटै वामपन्थी पार्टी बनाउने अभियानमा छौँ: माओवादी नेता गणेशमान पुन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवम् रुपन्देही जिल्ला इन्चार्ज गणेशमान पुनले वर्तमान सरकारले सुशासनको पक्षमा गरेका कार्यहरू जनतासँग पुर्याउन नेता, कार्यकर्तालाइ आग्रह गरेका छन्।

माओवादी केन्द्रले देशव्यापीरूपमा सञ्चालन गर्ने तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को आज बुटवलमा उद्घाटन गर्दै नेता पुनले पार्टीको सङ्गठन निर्माण र जनताका काम सँग-सँगै गर्नुपर्ने बताए। उनले माओवादी केन्द्र देशमा एउटै वामपन्थी पार्टी बनाउने अभियानअन्तर्गत समाजवादी मोर्चा निर्माण गरिएको बताए।

उनले नयाँ ढङ्गको पार्टी निर्माण अहिलेको आवश्यकता रहेको बताए। नेता पुनले मुलुकमा माओवादीले उठाएका एजेन्डा स्थापित भइसकेको बताउँदै पार्टीमा रहेका कमी-कमजोरी औँल्याउँदै सबै अट्ने माओवादी बनाउन देशभर जनतासँग माओवादी अभियान चलाइएको बताए।

प्रकाशित मिति: : 2023-09-02 20:58:00

प्रतिकृया दिनुहोस्