प्रचण्डभन्दा अघि चीन जाँदै एमाले महासचिव शंकर पोखरेल

File Photo
File Photo

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपा एमालेका महासचिव शंकर पोखरेल यही भदौ १७ गते चीन जाने भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणअघि महासचवि पोखरेल १९ सदस्यीय जम्बो टोलीको नेतृत्व गदै त्यसतर्फ जान लागेका हुन्।

टोलीमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्षका विदेश मामिला सल्लाहकार र विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, संगठन विभागका प्रमुख काशीनाथ अधिकारी रहनेछन्।

त्यस्तै, युवा संघका अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, महिला विभागकी टुका हमाल र जिफन्टका विनोद श्रेष्ठको नाम पक्कापक्की भएको छ।

महासचिव नेतृत्वको टोलीमा बागमतीबाट रचना खड्का, मधेश प्रदेशबाट ज्वालाकुमारी साह छन्।

टोलीले सेप्टेम्बर ३ तारिखदेखि १५ तारिखसम्म राजधानी बेइजिङ, दलाई लामाको जन्मथलो छिंघाईलगायत तीन शहरको भ्रमण गर्नेछ।

प्रकाशित मिति: : 2023-08-30 13:49:00

प्रतिकृया दिनुहोस्