कोशीमा ५० सांसदसहित एमालेको सरकार बन्छ: केपी ओली

File Photo
File Photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा आफ्नै पार्टीकाे सरकार बन्ने दाबी गरेका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले ५० सांसदसहित कोशीमा एमालेको सरकार बन्ने दाबी गरेका हुन्।

कांग्रेसले संविधान नमानेको भन्दै उनले भने, ‘माओवादीले संविधान मान्दिन भनेर हतियार उठाएर गएको थियो। अहिले पनि मानेको छैन। तर कांग्रेसजस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा अचम्म लागेको छ।’

उनले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता भएको आरोपसमेत लगाए।

‘समाजवादी मोर्चाले समस्या पारेको छ। एकातिर प्रदेशको नामको पक्षमा भोट हाल्छ, एकातिर बाहिर आउँछ ढुङ्गा मुढा गर्छ मान्छे मराउँछ। प्रचण्डको पार्टी, माधव नेपालको पार्टी र जसपाले द्वन्द्व बढाइरहेका छन्’, ओलीले भने।

प्रकाशित मिति: : 2023-08-25 15:35:00

प्रतिकृया दिनुहोस्