संसदीय समितिकाे सभापतिको निर्वाचन भदौ ११ मा

File Photo
File Photo

प्रतिनिधिसभाअन्तर्गत गठित १० विषयगत समितिका सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरले समितिका सभापतिको निर्वाचन भदौ ११ गते दिउँसो ३ः०० बजे हुने जानकारी गराए।

निर्वाचनका लागि प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयलाई जिम्मेवारी तोकिएको छ।

प्रकाशित मिति: : 2023-08-24 13:49:00

प्रतिकृया दिनुहोस्