कांग्रेसको अनुशासन समितिमा सदस्यहरु मनोनित

File Photo
File Photo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा गठित ‘केन्द्रीय अनुशासन समिति’ मा सदस्यहरु मनोनित गरेका छन्।

सभापति देउवाले आज समितिको सदस्यहरुमा पार्टीका केन्द्रीय सदस्यहरु ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनयन गरेको पार्टी कार्यालयले जनाएको छ।

त्यसैगरी, पार्टीको विधान बमोजिम कांग्रेसको केन्द्रीय निर्वाचन समितिको रिक्त रहेको संयोजक पदमा अधिवक्ता खम्मबहादुर खातीलाई नियुक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित मिति: : 2023-08-22 18:38:00

प्रतिकृया दिनुहोस्