अनुसन्धानमा खटिएका प्रहरीको सरुवापछि रविले भने– ठुलै गडबड छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले ललित निवास प्रकरणको अनुसन्धान प्रक्रियामा गडबड भएको दाबी गरेका छन्।

ललिता निवासलगायत विभिन्न प्रकरणको अनुन्धान गरिरहेका प्रहरीहरुको सुरुवा भए लगत्तै सभापति लामिछानेले सामाजिक सञ्जालमा यस्तो दाबी गरेको छन्।

लामिछानेले सिआइबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस् भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेश नगरोस।’

‘गृहमन्त्रीज्यु, केही त गडबड छ। ठुलै गडबड छ,’ लामिछानेले अगाडि लेखेका छन्।

प्रकाशित मिति: : 2023-08-20 11:09:00

प्रतिकृया दिनुहोस्