राष्ट्रिय महिला आयोगले नेपालमा महिलाको स्थिति कस्तो छ भन्ने बारे पुस्तक विमोचन गरको छ।
आयोग शुक्रबार एक कार्यक्रम आयोजना गर्दै पुस्तकको विमोचन गरेको हो।
पुस्तकमा नेपालमा महिलाको स्थिति तथा उनीहरुको सहभागिता र के कस्ता समस्या भोग्दै आईरहेका छन् भन्ने बारे उल्लेख गरेको छ।
कार्यक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कमार थपलिया, बार एसोसियसनका उपाध्यक्ष, लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले आयोगले अब हुने निर्वाचनमा कानुन कस्तो हुनुपर्छ भन्ने विषयको उठान गनुपर्ने बताएका छन्।
‘निर्वाचनको तंथ्याक हेर्ने हो भने निर्वाचनमा ४८ प्रतिशत महिलाले मात्रै निर्वाचनमा भाग लिने गरेका छन्। तर, अब हुने निर्वाचनमा आयोगले किन यस्तो भईरहेको छ भन्नेबारे कानुन बनाउनुपर्छ।
यसैगरी उनले महिला सहभागिता तथा महिलाका विषयहरुमा आयोगले गरेको कार्यहरुबाट आफुहरु खुसी भएका बताए।
‘पहिलाको तुलनामा महिलाहरु सबल र सक्षम भएका छन्। यसलाई हामीले सकारात्मक रुप लिनुपर्छ।’ उनले भने,‘यसमा आयोगले भूमिका खेलेको छ र हामी खुसी पनि छौँ।’