सदनको अवरोध हटाउन सभामुख र प्रधानमन्त्रीबीच छलफल जारी

सदनको अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल जारी छ।

प्रधानमन्त्री र सभामुखबीच केही बेर अघिदेखि प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटारमा भेटवार्ता भइरहेको हो।

सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेका छन्, याे उनकाे छैठाैँ प्रयास हाे।

सुन प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेयता संसद् बैठक अवरोध गर्दै आएको छ। तर, सरकारले राज्यका निकायले जाँचबुझ गरिरहेकाले यसैलाई विश्वास गर्नुपर्ने अडान राख्दै आएको छ।

सत्ता र प्रमुख प्रतिपक्ष अडानमा यथावत् रहँदा संसद् नियमित कार्यसूचीमा अघि बढ्न सकेको छैन।

प्रकाशित मिति: : 2023-08-18 09:24:00

प्रतिकृया दिनुहोस्