कोशी प्रदेशमा मण्डलले लिए राज्यमन्त्रीकाे शपथ 

कोशी प्रदेशमा नेपाली काँग्रेसका गयानन्द मण्डल राज्यमन्त्री नियुक्त भएका छन्।

मुख्यमन्त्री उद्धव थापाकाे सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले मण्डललाई बुधबार उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गरेका हुन्। यससँगै कोशी प्रदेशमा ६ सदस्यीय मन्त्रीमण्डल भएको छ।

नवनियुक्त राज्यमन्त्री मण्डलले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई मुख्यमन्त्री थापाले शपथ ग्रहण गराएका हुन्।

प्रकाशित मिति: : 2023-08-16 11:43:00

प्रतिकृया दिनुहोस्