पेट्रोल र डिजेलको मूल्यवृद्धि

पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ।

नेपाल आयल निगमको सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु. १४ र पेट्रोल प्रतिलिटरमा रु. ५ ले बढाएर मूल्य समायोजन गरेको हो।

निगमकाअनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु. एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु १६४. ५ रुपैयाँ प्रतिलिटर कायम हुनेछ।

इन्डियन आयल कार्पोरेशनबाट आज पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव ८५ र ११ दशमलव २५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ।

प्रकाशित मिति: : 2023-08-15 21:43:00

प्रतिकृया दिनुहोस्