न्यायाधीश भुवन गिरीको सेवा सुविधा फिर्ता गरिनुपर्ने भन्दै पत्नी आरती रावलले साउन १० गते जिल्ला अदालत कपिलवस्तुमा हुलाक मार्फत पत्र पठाएकी थिइन्।
तर पत्रको कुनै आवश्यक प्रतिक्रिया नभएको भन्दै आरतीले पुनः न्यायधीस भुवन कार्कीको सेवा सुविधा फिर्ता गरिनुपर्ने माग राख्दै अनशनरत रहेकी छिन्।
आरती विगत ५३ दिनदेखि अनशनरत छिन्।
यस्तै, आरतीले भुवन गिरीको सेवा सुविधा फिर्ता नगरेसम्म पछि नहट्ने बताएकी छिन्।
‘बलात्कारको अभियोग लागेको मान्छेको हालसम्म सेवा सुविधा किन फिर्ता गरिएको छैन। मैले पत्र पनि पठाएकाे छु।’ उनले भनिन्, ‘के न्यायधीस भयो भन्दैमा जे पनि गर्न मिल्छ र? अब भुवन गिरीको सेवा सुविधा फिर्ता नगरेसम्म मरेपनि पछि हट्दिन।’
न्यायाधीस गिरीमाथि बैवाहिक बलात्कार,भ्रूण हत्या,घरेलु हिंसा लगाएतका उजुरीहरु कपिलवस्तु जिल्ला अदालतमा दर्ता भएका छन्।